रोशन हत्या प्रकरणमा मुख्यमन्त्रीको सचिवालयको चासोस समाजवादीहरूद्वारा व्यापक आन्दोलनको चेतावनी
14 घन्टा पहिले प्रकाशित
प्रदीप कुमार नायक
जयनगर संवाददाता, असोज ८ गते । मधुबनीमा सञ्चार संवाद र पाग–दुपट्टाु सम्मान समारोह जस्ता कार्यक्रमहरू भइरहे पनि, जनसरोकारका मुद्दाहरू भने अझै समाधान हुन सकेका छैनन्। यी मुद्दाहरू मध्ये सबैभन्दा प्रमुख विषय राँटी जेलमा १९ वर्षीय रोशन यादवको रहस्यमय मृत्यु हो।
यस मामिलामा अब एउटा ठूलो मोड आएको छ। हामीले प्राप्त गरेको एउटा पत्र—जसमा सन्दर्भ नम्बर ५५४२३६४र मु.मं.स.र मिति २१÷०९÷२६ उल्लेख छ जसलमा यो विषय सिधै मुख्यमन्त्रीको सचिवालयसम्म पुगेको देखाउँछ। पूर्व केन्द्रीय मन्त्री देवेन्द्र प्रसाद यादवले १० अगस्ट २०२६ मा इमेल मार्फत यस शंकास्पद मृत्युको उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको थियो। यसको जवाफमा, मुख्यमन्त्रीको सचिवालयका उपसचिव अभिषेक श्रीवास्तवले गृह विभागका प्रमुख सचिवलाई यस विषयमा छानबिन गर्न, उपयुक्त कारबाही अघि बढाउन तथा चालिएका कदमहरूबारे पूर्व मन्त्री र मुख्यमन्त्रीको सचिवालय दुवैलाई जानकारी गराउन स्पष्ट निर्देशन दिनुभएको छ। यो विषय सरकारी ड्यासबोर्डमा क्यू आर कोड २०६०६२४९२ अन्तर्गत पनि दर्ता गरिएको छ।
इसबाट प्रष्ट हुन्छ कि रोशन हत्या प्रकरण अब फुलपरास वा मधुबनीमा मात्र सीमित नभई यसको असर पटना सचिवालयसम्म पुगेको छ। यसैबीच, २३ सेप्टेम्बर २०२६ मा फुलपरासस्थित लोहिया आश्रममा पूर्व विधायक रामकुमार यादवको अध्यक्षतामा समाजवादी कार्यकर्ताहरूको एक महत्त्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकमा पूर्व विधायकहरू सीताराम यादव र राजेश सिंह, प्राध्यापक औसाफ लद्दान, राजेश यादव, समाजसेवी आजाद गुप्ता, राम आशीष यादव र रामेश्वर भारती लगायतका थुप्रै कार्यकर्ताहरूको सहभागिता थियो।बैठकमा भएको गम्भीर छलफलपछि, चाडपर्वको मौसम सकिएलगत्तै जिल्ला स्तरमा व्यापक, शान्तिपूर्ण र लोकतान्त्रिक विरोध प्रदर्शन—विशेष गरी ठूलो स्तरको धर्नाको रूपमा—आयोजना गर्ने निर्णय गरियो। यस विरोध प्रदर्शनले रोशन हत्या प्रकरण, शिक्षा प्रणालीको जीर्ण अवस्था तथा बेरोजगारी, महँगी, अपराध र भ्रष्टाचारसम्बन्धी सरोकारहरू जस्ता विषयहरू उठाउनेछ।
बैठकमा बोल्दै पूर्व केन्द्रीय मन्त्री देवेन्द्र प्रसाद यादवले रोजगार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत मुद्दाहरूमा सरकार गम्भीर नदेखिएको टिप्पणी गरे। राजनीतिमा धार्मिक मुद्दा र जातीय ध्रुवीकरणको प्रवेशले राज्यलाई बर्बादीको संघारमा धकेल्दै छ। स्वार्थी नेताहरूले बिहारलाई गहिरो संकटको खाडलमा धकेलेका छन्। राजनीति जनसेवाको माध्यम नभई सत्ता, विलासिता र धन आर्जन गर्ने साधनमा परिणत भएको छस अवस्था यतिसम्म बिग्रिएको छ कि महिला तथा छात्राका लागि घरबाहिर निस्कनसमेत कठिन भएको छ।
यो बैठक केवल जनसंघर्षको आह्वान मात्र होइनस यो सुस्ताएको समाजवादी आन्दोलनलाई पुनर्जीवित गर्ने तथा आधारभूत समस्याहरूको समाधान र न्याय सुनिश्चित गर्ने उद्देश्यले निरन्तर आन्दोलन अघि बढाउने प्रतिबद्धता हो।हाम्रो प्रश्न उही छ जुन हामीले सधैं उठाउँदै आएका छौंस् हामीलाई कुनै औपचारिक पगडी, खादा वा दिउँसोको भोजको सम्मान चाहिँदैन हामीलाई जवाफ चाहिएको छ। हामीले हाम्रा निर्वाचित प्रतिनिधिहरूबाट जवाफ पाउनुपर्दछ, बन्द अवस्थामा रहेका चिनी मिलहरू लोहट ९सन् १९१४ मा स्थापित, २२५ एकडमा फैलिएको, सकरी र रैयाम तथा अशोक पेपर मिल कहिले पुनः सञ्चालनमा आउनेछ? बाढीको समस्याको दीर्घकालीन समाधान के हो ? र सबैभन्दा ठूलो प्रश्न राँटी जेलमा भएको रोशनको मृत्युका लागि को जिम्मेवार छ ?
गणेश शंकर विद्यार्थीले एकपटक भनेका थिए,कलम सत्तालाई प्रश्न गर्नका लागि हो, माला पहिरिनका लागि होइन। पत्रकारिताप्रतिको वास्तविक सम्मान मञ्चबाट होइन, जनताको हृदयबाट प्राप्त हुन्छ।
कमेन्ट गर्नुहोस्
view comments