राप्रपाको सातै प्रदेश अधिवेशन असोज २१ गते
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह र जिल्ला तहका अधिवेशनपछि सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने तयारी थालेको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रदेश अधिवेशन आगामी असोज २१ गते हुनेछ। अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधिसमेत तोकेको छ।
कोशी प्रदेशमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा.डा. जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिइएको छ। प्रदेश अधिवेशनपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने र आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने राप्रपाको तयारी छ।
कमेन्ट गर्नुहोस्
view comments