प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा विमानस्थलको पुरानो बिदाइ परम्परा तोडिँदै
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ६ गते । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्री कार्यालयका अनुसार यसपटक विदेश भ्रमणका क्रममा विमानस्थलमा नेपाली सेनाको सलामी तथा मन्त्री, उच्च सरकारी अधिकारीसहितको औपचारिक बिदाइ गरिने छैन। प्रधानमन्त्री शाह साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री कार्यालयका अनुसार विदेश भ्रमणका क्रममा विमानस्थलमा सरकारी कर्मचारी तथा पदाधिकारीको ठूलो भीड जम्मा हुने परम्परा अन्त्य गर्न लागिएको हो। न्युयोर्कमा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको आमबहसलाई सम्बोधन गर्नेछन् भने जलवायु परिवर्तन र जलवायु न्यायका विषयमा नेपालको धारणा राख्ने कार्यक्रम छ।
कमेन्ट गर्नुहोस्
view comments