पर्सामा ३० किलो गाँजासहित तीन जना पक्राउ
16 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असोज ५ गते । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलबाट ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भनिने भुरीचौधरी रहेका छन्। विशेष सूचनाका आधारमा आइतबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोली मलाही टोल पुगेको थियो।
प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू प्रहरी टोली देखेपछि भाग्न खोजेका थिए। त्यसक्रममा प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेपछि तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments