कांग्रेस महाधिवेशनमा प्रकाशमानको अडान : ‘विधानअनुसार अघि बढ्नुपर्छ’
4 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज २ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान र स्थापित प्रक्रियालाई बेवास्ता गरेर गरिने कुनै पनि महाधिवेशन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्। २९औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै विधिसम्मत रूपमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्रै विधिको शासन र आन्तरिक लोकतन्त्र कमजोर पार्ने गतिविधिप्रति असन्तुष्टि जनाउँदै विधान र संविधानको सीमाभित्र रहेर पार्टी अघि बढ्नुपर्ने बताए।
पार्टीभित्रको पछिल्लो विवादबारे उनले नेपाली कांग्रेस विधिको शासन स्थापित गर्न जन्मिएको पार्टी भएकाले आफ्नै संगठनभित्र विधि मिच्ने काम स्वीकार गर्न नसकिने बताए। केही नेताले धार परिवर्तन गरेको प्रसंगमा उनले विगतमा पनि व्यक्तिगत सुविधा र पदका लागि सिद्धान्तबाट विचलित हुने प्रवृत्ति देखिएको स्मरण गरे। उनले निष्ठाको राजनीति भाषणमा नभई व्यवहारमा देखिनुपर्ने भन्दै आफूहरू मूलभूत सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे। अदालतमा दायर रिट खारेज भएको प्रसंगमा उनले कानुनी र राजनीतिक विषय फरक रहेको धारणा राखे।
कमेन्ट गर्नुहोस्
view comments