रोकिराखिएको भारतीय ट्यांकरमा ईभी कार ठोक्किँदा चार जना घाइते

27 मिनट पहिले प्रकाशित

जनकपुरधाम, भाद्र ३१ गते ।सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखिएको भारतीय ट्यांकरमा ईभी कार ठोक्किँदा चार जना घाइते भएका छन्। काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा.प्र.०१–०३५च ३३१७ नम्बरको कार बुधबार बिहान करिब पौने ६ बजे सडकपेटीमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको ट्यांकरमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कार चालक धादिङका २१ वर्षीय मनोज श्रेष्ठसहित सुनसरीका ओशिम खान र मोहन कविरथ तथा झापाका पवन राई घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटनाका बेला सडक क्षेत्रमा बाक्लो हुस्सु लागेको थियो, जसका कारण अगाडिको दृश्य स्पष्ट नदेखिँदा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?