प्रचण्डको भनाइ– जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्छ
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम,भदौ २५ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदै जानु वातावरणीय विषय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग जोडिएको गम्भीर विषय भएको बताएका छन्। जनकपुरधाममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालले जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने बताए।
प्रचण्डले जलवायु परिवर्तनको प्रभाव हिमाली क्षेत्रमा मात्र सीमित नभई पानीका स्रोत, कृषि, जैविक विविधता र समग्र अर्थतन्त्रमा समेत परिरहेको उल्लेख गरे। साथै, भोटेकोसी बाढीका क्रममा सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रभावकारी प्रयोग गर्न नसक्नु सरकारको कमजोरी भएको उनको भनाइ थियो। उनका अनुसार समयमै प्रभावकारी खोज तथा उद्धार गर्न सके धेरैको ज्यान जोगाउन सकिने अवस्था थियो।
कमेन्ट गर्नुहोस्
view comments