भन्सार छली भित्र्याइएका १७ भारतीय विद्युतीय स्कुटर पर्सामा बरामद
2 घन्टा पहिले
प्रकाशित
जनकपुरधाम,भदौ २५ गते । वीरगन्जमा भन्सार छली अवैध रूपमा भित्र्याइएका १७ वटा भारतीय विद्युतीय स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवैध रूपमा भारतीय स्कुटर भित्र्याएर प्रयोग भइरहेको जनगुनासो बढेपछि गरिएको खोजतलासका क्रममा ती स्कुटर फेला परेका हुन्।
प्रहरीका अनुसार बरामद स्कुटरको बजार मूल्य करिब १३ लाख ६० हजार रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका स्कुटर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments