ट्रम्पको दाबी– अमेरिकी मध्यावधि चुनावलगत्तै इरान युद्ध अन्त्य हुनेछ
2 घन्टा पहिले प्रकाशित
एजेन्सी,भदौ २५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावलगत्तै इरानसँग जारी युद्ध अन्त्य हुने दाबी गरेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान लामो समयसम्म युद्ध धान्न सक्ने अवस्थामा नरहेको दाबी गर्दै चुनावपछि तत्काल युद्ध अन्त्य हुने सम्भावना रहेको बताएका हुन्।
ट्रम्पको यो भनाइ रिपब्लिकन पार्टीको मध्यावधि चुनावी अभियान तीव्र भइरहेका बेला आएको हो। युद्धका कारण इन्धनको मूल्य बढ्नु र जनअसन्तुष्टि बढ्दै जाँदा ट्रम्पमाथि आफ्नै दलभित्र पनि दबाब देखिएको छ। यद्यपि उनका केही वरिष्ठ सल्लाहकारले इरानसँगको द्वन्द्व लामो समयसम्म जारी रहन सक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कमेन्ट गर्नुहोस्
view comments