नदीमा बगाएर ल्याइएको ३ हजार ३ सय बोतल नेपाली मदिरा बरामद

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र २४ गते ।  भारतको सीतामढीमा तस्करले नदीको धारमा बगाएर नेपालबाट ल्याउँदै गरेको ३ हजार ३ सय बोतल नेपाली सौँफी मदिरा प्रहरीले बरामद गरेको छ। कन्हौली थाना प्रहरीले गोप्य सूचनाका आधारमा मुहँचट्टीस्थित मध्य विद्यालय पछाडिको लखनदेई नदीबाट कालो प्लास्टिकमा बाँधिएका २२ बोरा मदिरा बरामद गरेको हो। प्रहरीका अनुसार प्रत्येक बोरामा पाँच कार्टुन मदिरा रहेको थियो। प्रहरीको उपस्थितिको जानकारी पाएपछि तस्करहरू भने फरार भएका छन्।

प्रहरीका अनुसार तस्करहरूले पुरानो बाटो छाडेर नदीको धार प्रयोग गरी भारतीय क्षेत्रमा मदिरा भित्र्याउने नयाँ तरिका अपनाएका थिए। प्लास्टिकमा हावा भरिएकाले मदिरा नदीमा नडुबी बगिरहेको अवस्थामा प्रहरीले तस्करभन्दा पहिले नै बरामद गरेको हो। यसअघि पनि बागमती नदीमार्फत नेपाली मदिरा तस्करी गर्ने प्रयास भएका घटनामा ठूलो परिमाणमा मदिरा बरामद भइसकेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?