मुख्यमन्त्री यादवको माग– विपद्को राहत होइन, जलवायु क्षतिको क्षतिपूर्ति देऊ
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २४ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनको असर भएको भन्दै विकसित राष्ट्रबाट नेपालले राहत नभई क्षतिपूर्ति पाउनुपर्ने बताएका छन्। उद्योग वाणिज्य संघ जनकपुरले बाढी प्रभावित क्षेत्रमा पठाउन लागेको राहत सामग्री वितरण कार्यक्रममा उनले जलवायु परिवर्तनमा ठूलो योगदान गरेका विकसित मुलुकका कारण नेपालजस्ता साना देशले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको दाबी गरे।
मुख्यमन्त्री यादवले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दै संघीय सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष क्षतिपूर्तिको माग राख्नुपर्ने बताए। उनले बाढीपीडितका लागि दोस्रो चरणमा दुई करोड रुपैयाँ बराबरका कम्बल र टेन्ट उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिँदै उद्योग वाणिज्य संघ जनकपुरले संकलन गरेको एक करोड रुपैयाँभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा न्यायोचित रूपमा वितरण गर्न आग्रह गरे।
कमेन्ट गर्नुहोस्
view comments