समयमा खेतमा पानी नभएका कारण किसानहरु चिन्तित
1 घन्टा पहिले प्रकाशित
संतोष कुमार मिश्र
जनकपुरधाम, भाद्र २३ गते ।तराईमा खासगरी जनकपुरधाम, जलेश्वर, पिपरा, मटिहानी लगायत वरीपरी पर्ने ग्रामिण भेगहरुमा आकासे पानी नपर्दा किसानहरू निकै चिन्तित बनेका छन् । समयमा वर्षा नहुँदा बालीनाली सुक्ने, रोपाइँ प्रभावित हुने र लगानी डुब्ने डरले कृषकहरूमा निराशा छाएको छ । कृषिप्रधान देशमा सिँचाइको उचित व्यवस्था नभएका क्षेत्रहरूमा आकासे पानीकै भर पर्नुपर्ने बाध्यता छ । पानी नपर्दा समयमा बीउ राख्न र धान रोपाइँ गर्न नपाउँदा उत्पादन घट्ने निश्चित हुन्छ । कतिपय खेतहरु पानी कारण बाँझै छन् भने रोपाई सकिएका खेतमा लागे धानबालीमा अहिले बाला आउने समयमा खेतमा पानी नभएका कारण किसानहरु चिन्तित भएका छन् । मल, बीउ र श्रममा गरेको खर्च खेर जाने तथा उत्पादन कम हुने डरले किसानहरू ऋणको चपेटामा पर्ने सम्भावना समेत बढेका छन् । यसको असर सिधै बजारमा महँगी बढ्ने सम्भावना पनि बढ्न सक्छ । यस्तो अवस्थामा खडेरी प्रतिरोधी बीउको प्रयोग, वैकल्पिक सिँचाइ र सरकारी राहत प्याकेजहरूले किसानलाई केही राहत दिन सक्छन् । नेपाल जस्तो कृषिप्रधान देशमा आकासे पानी (मनसुन) समयमा नपर्दा किसानहरू गहिरो चिन्ता र संकटमा पर्छन् । तराईमा झन्डै ५०–६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन अझै पनि पूर्ण रूपमा आकासे पानीमै निर्भर छ । त्यसैले, खडेरी पर्दा किसानको भान्सादेखि देशको अर्थतन्त्रसम्म यसको प्रत्यक्ष र नकारात्मक असर पर्छ । ढिलो रोपाइँ गर्दा बाली पाक्ने समय ढिलो हुन्छ, जसले गर्दा भित्र्याउने बेला असिनाले बाली नष्ट गर्ने जोखिम बढ्छ । कतिपय अवस्थामा खेतहरू बाँझै रहने स्थिति आउँछ । आकासे पानीको अनिश्चितता मात्र होइन, बीउ छर्ने बेलादेखि बाली भित्र्याउने बेलासम्म धान खेतीमा थुप्रै चुनौतीहरू छन् ।
_1788855606_0.jpeg)

कमेन्ट गर्नुहोस्
view comments