जेनजी आन्दोलनका सहिदको सम्झनामा बसबिट्टी–विन्धी सडकखण्डमा वृक्षरोपण
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र २३ गते । जेनजी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली तथा पर्यावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले जनकपुरधाम वडा नम्बर २२ बसबिट्टी–विन्धी सडकखण्डमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ।
भदौ २३ गत्ते मङ्गलबार जेनजी सहिदहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै पर्यावरण संरक्षणमा सक्रिय अभियन्ता, नागरिक समाज, विभिन्न संघ–संस्था तथा स्थानीय युवाहरूको सहभागितामा सडकखण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष बिमलेश मिश्रले जनाएका हुन । कार्यक्रममा वृक्ष मानवका रूपमा परिचित सुरेश शर्मा, ब्रह्मर्षि समाज बसबिट्टी, ब्रह्मर्षि समाज विन्धीसहित विभिन्न सरोकारवाला संस्थाहरूको सहयोग तथा सहकार्य रहेको थियो।
वृक्षरोपणसँगै रोपिएका विरुवाको नियमित संरक्षण, सरसफाइ तथा हुर्काउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। पर्यावरण संरक्षण केवल वृक्षरोपणमा सीमित नभई रोपिएका विरुवाको संरक्षण र संवर्द्धनसमेत आवश्यक रहेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा पर्यावरण प्रेमी नागरिक समाज, वशिष्ठ मुनि बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधाम–२२ बसबिट्टी, दुधमती सरोकार समाज, हरित बसबिट्टी स्वच्छता अभियान जनकपुरधाम, बसबिट्टी क्रिकेट क्लब तथा बाल मण्डली लगायतका संस्था तथा स्थानीय इच्छुक महानुभावहरूको सहभागिता रहेको थियो।
आयोजकहरूले पर्यावरण संरक्षण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र सहभागिता जनाउने सम्पूर्ण संघ–संस्था, नागरिक समाज, पर्यावरण अभियन्ता तथा उपस्थित महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
वृक्षरोपण कार्यक्रमलाई जेनजी आन्दोलनका सहिदहरूको सम्झनालाई वातावरण संरक्षणसँग जोड्ने सकारात्मक प्रयासका रूपमा लिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments