मियामी विमानस्थलमा अमेजन एयरको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, भाद्र २२ गते । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गर्ने क्रममा बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएको प्रारम्भिक विवरणमा उल्लेख छ। विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको बताइएको छ।

दुर्घटनापछि विमानले विमानस्थल परिसरमा रहेका केही सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा आगलागी भएको थियो। घटनाको जानकारी पाएलगत्तै करिब २०० जना दमकलकर्मी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। उद्धार टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको छ। अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनालाई स्थानीय ट्रमा सेन्टरमा र अन्य दुई जनालाई अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?