क्षत्रिय राजपूत समाजको अध्यक्षमा नवलकिशोर सिंह पुनः चयन

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम,भाद्र ८ गते ।  क्षत्रिय राजपूत समाज नेपालको पाँचौँ वार्षिक उत्सव तथा साधारणसभाबाट नवलकिशोर सिंह पुनः अध्यक्षमा चयन हुनुभएको छ। करिब एक सय जनाको सहभागिता रहेको कार्यक्रममा सिंहलाई आगामी कार्यकालका लागि पुनः अध्यक्ष चयन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वराजदूत महेन्द्रप्रसाद सिंह रहनुभएको थियो। साधारणसभाले नवनिर्वाचित अध्यक्ष नवलकिशोर सिंहलाई आगामी कार्यकालका लागि सम्पूर्ण कार्यसमिति गठन गर्ने अधिकारसमेत प्रदान गरेको छ। कार्यक्रममा सहभागीहरूले अध्यक्ष सिंहलाई बधाई दिँदै आगामी कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। क्षत्रिय राजपूत समाजको सभाहलमा आयोजित वार्षिक उत्सव तथा साधारणसभा हर्षोल्लास र भव्यताका साथ सम्पन्न भएको थियो।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?