बारामा बालिका हत्याको चार दिन नबित्दै सप्तरीमा दुई वर्षीया बालिका मृत फेला
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भदौ ७ गते । बारामा तीन वर्षीया गरिमा चौधरीको हत्या भएको चार दिन नबित्दै सप्तरीमा अर्की दुई वर्षीया बालिका मृत फेला परेकी छन्। सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा बस्ने मोहम्मद इरफानकी दुई वर्षीया छोरी आफ्नै घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्। बालिकाको हत्या आफूले गरेको उनकी सौतेनी आमाले स्वीकार गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
घटनापछि प्रहरीले सौतेनी आमालाई नियन्त्रणमा लिएको छ। मृत बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। घटनाको कारण तथा हत्या कसरी गरिएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। पछिल्ला दिनमा मधेश प्रदेशमा बालबालिकामाथि भएका यस्ता घटनाले बाल सुरक्षाको विषयलाई थप गम्भीर बनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments