जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण

16 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ ७ गते । जनकपुरधाम सुनचाँदी व्यवसायी संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष राजीवकुमार साह (चन्दन) सहित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो। निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरणसमेत गरेको थियो।

संघको साधारणसभाबाट वरिष्ठ सदस्य, पूर्वपदाधिकारी तथा निर्वाचन समिति सम्मिलित १५ सदस्यीय समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको थियो। वरिष्ठ उपाध्यक्षमा सञ्जयकुमार साह, उपाध्यक्षमा श्यामप्रसाद साह, महासचिवमा प्रमोदकुमार साह, सचिवमा दीपककुमार साह र कोषाध्यक्षमा शत्रोहन साह चयन भएका छन्। त्यस्तै सदस्यमा प्रविण साह, अलंकारकुमार ठाकुर, श्याम साह, ललन साह, सञ्जय ठाकुर र अंकित साह सर्वसम्मत चयन भएका छन्। शपथ ग्रहण तथा पद हस्तान्तरण समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल तथा संघका केन्द्रीय महासचिव नीरबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?