भूतनाथ मन्दिरमा चोरी, चाँदीका मुकुटसहित भारतीय नागरिक पक्राउ
11 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, भाद्र ५ गते । जनकपुरधामको प्रसिद्ध भूतनाथ मन्दिरमा चोरी भएको छ। गएराति करिब ३ बजे मन्दिरबाट चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरबाट चाँदीको नागदेवता, एउटा ठूलो चाँदीको मुकुट र चारवटा साना मुकुट चोरी गरी कपडामा लुकाएर भाग्ने क्रममा धनुषा प्रहरीले भारतको बिहारस्थित मोतिहारी जिल्ला, लखौरा थाना–७ इस्लाम टोलका २६ वर्षीय मोतिउर रहमानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पक्राउ परेका रहमानलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments