बहुविवाह मुद्दामा दोषी ठहर भएका सप्तरीका भुपेन्द्र पासवान पक्राउ

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र ४ गते । बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका सप्तरीको खडक नगरपालिका–७ का भुपेन्द्र पासवान पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले बुधबार पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो।

सप्तरी जिल्ला अदालत राजविराजले बहुविवाह मुद्दामा दोषी ठहर गर्दै पासवानलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला कार्यान्वयनका लागि खोजी गर्ने क्रममा पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ। 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?