बारामा ३ वर्षीया बालिका बलात्कारपछि हत्या आरोपमा दुई जना पक्राउ

1 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भाद्र ३ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर लगेको आरोपमा १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र घटनामा संलग्न रहेको आरोपमा म्याजिक चालक २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका हुन्।

बालिका साउन ३१ गतेदेखि हराएकी थिइन्। भदौ २ गते स्थानीय वीरबहादुर रोकाको घरको खाली कोठामा उनको शव फेला परेको थियो।

पक्राउ परेका दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?