कांग्रेस भेलामा धर्मसम्बन्धी प्रस्तावमा विवाद, निधि र महतबीच भनाभन

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३१ गते ।  नेपाली कांग्रेसको इतर समूहको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहमा धर्मसम्बन्धी विषयलाई लिएर पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच विवाद भएको छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा निर्णय वाचन गर्ने क्रममा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने प्रस्तावित वाक्यलाई लिएर दुई नेताबीच भनाभन भएको हो।

महत उक्त वाक्य राख्ने पक्षमा रहे पनि निधिले त्यसको सट्टा ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने अडान राखेका थिए। विवाद बढ्दै गएपछि कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेकै बेला दुई नेताबीच निर्णय लेखिएको कागज खोसाखोससमेत भएको थियो। मञ्चमै विवाद भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। देउवाको निर्देशनपछि अन्ततः महतले तयार पारेकै ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा वाचन गरिएको थियो। यसअघि सम्बोधनका क्रममा देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु र सनातन धर्म मान्ने भए पनि सबै धर्मको सम्मान गर्ने बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?