प्रधानमन्त्री बालेन शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
2 दिन पहिले प्रकाशित
काठमाडौं, श्रावण २५ गते । प्रधानमन्त्री बालेन शाहले सोमबार नेपालका दुई छिमेकी मुलुक भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। यसअघि सामूहिक भेटवार्ता मात्रै गर्दै आएका प्रधानमन्त्री शाहले पहिलोपटक भारतीय र चिनियाँ राजदूतसँग अलग–अलग छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले सोमबार बिहान ११ बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्। त्यसपछि दिउँसो ३ बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यक्रम छ। गत मार्च २७ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका शाहले पदभार ग्रहण गरेको करिब चार महिनापछि दुई छिमेकी देशका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन्। यसअघि अप्रिल ८ मा उनले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments