प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति सिग्देलबीच सिंहदरबारमा भेटवार्ता
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण १९ गते । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र (बालेन) शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नियमित भेटवार्ता भएको छ।
बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि प्रधानसेनापति सिग्देलसँग भएको यो चौथो नियमित भेटवार्ता हो। बिहान १०ः५० बजेबाट सुरु भएको भेटवार्ता समाचार तयार पार्दासम्म जारी रहेको छ।
भेटमा के–कस्ता विषयमा छलफल भइरहेको छ भन्नेबारे प्रधानमन्त्री कार्यालय वा नेपाली सेनाले कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री शाहले हाल रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments