सर्लाहीबाट १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १८ गते ।  सर्लाहीको लालबन्दी नगरपालिका–१ बाट प्रहरीले करिब १०९ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार रहेका छन्। इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाएर राखिएको २३ वटा पोकामा गाँजा फेला पारेको थियो।

गाँजा बरामद भएपछि कार चालक दीपक कुमार महतो र सवार अमन कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?