सुनसरी घटनामा सरकारमाथि कांग्रेसको असन्तुष्टि, सर्वदलीय बैठकमा प्रधानमन्त्री–गृहमन्त्री अनुपस्थित रहेको टिप्पणी
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण १३ गते । सुनसरीको पछिल्लो घटनाक्रमबारे आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति प्रश्न उठाएका छन्। उनले सरकार सामाजिक सञ्जालको ‘स्टाटस’ मा मात्रै सीमित रहेको टिप्पणी गर्दै राष्ट्रिय महत्वका विषयमा आवश्यक समन्वय र सक्रियता देखिन नसकेको बताए।
आङदेम्बेले तराई–मधेसमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न राजनीतिक दलहरूले सामाजिक अगुवा, धार्मिक गुरु तथा सरोकारवालासँग प्रत्यक्ष संवाद अघि बढाउने जानकारी दिए। सर्वदलीय बैठकमा सहभागी दलहरूले शान्ति स्थापना, सामाजिक सद्भाव र आपसी विश्वास कायम गर्न राज्यको मात्र प्रतीक्षा नगरी फिल्डमै पुगेर संयुक्त रूपमा संवाद र पहल अघि बढाउने सहमति गरेको उनले बताए।
कमेन्ट गर्नुहोस्
view comments