बागमती सरकारबाट एमाले बाहिरिने, मन्त्रीहरूले आज सामूहिक राजीनामा दिने

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण ६ गते ।  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले आज सामूहिक रूपमा राजीनामा दिने भएका छन्। उनीहरूले दिउँसो २ बजे मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर संयुक्त राजीनामापत्र बुझाउने तयारी गरेका हुन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै तयार गरेको पत्रमा नेपालको संविधानको धारा १६८(२), पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई आधार बनाउँदै सरकारमा रहेका सबै मन्त्रीले बुधबारदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ। एमालेले राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। मन्त्रीहरूको राजीनामासँगै बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी एमालेले गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?