मधेश सरकारको भविष्यमा अन्योल, कांग्रेस–एमाले गठबन्धन टुटे जसपा बन्नेछ निर्णायक

53 मिनट पहिले प्रकाशित

जनकपुरधाम, असार ३२ गते ।  नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा आएको संकटको असर प्रदेश सरकारमा पनि देखिन थालेको छ। सुदूरपश्चिममा एमालेले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेसका मन्त्रीहरूले एमाले नेतृत्वको सरकारबाट राजीनामा दिएका छन्। यही अवस्थाबीच मधेश प्रदेश सरकारको भविष्यबारे पनि राजनीतिक चासो बढेको छ। हालसम्म भने मधेशमा कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी नै छ र दुवै दलले केन्द्रको निर्देशन पर्खिरहेका छन्।

कांग्रेस–एमाले गठबन्धन भत्किएमा मधेशमा सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी नेपाल निर्णायक बन्नेछ। १०३ सदस्यीय प्रदेशसभामा जसपाका २८, एमालेका २४ र कांग्रेसका २२ सांसद छन्। बहुमतका लागि ५२ सांसद आवश्यक पर्ने भएकाले जसपा–एमाले मिल्दा बहुमत पुग्छ। यता जसपाले भने गठबन्धन टुटेपछि मात्रै निर्णय गर्ने बताउँदै आएको छ भने आफ्नै नेतृत्वमा सरकार गठनको दाबीसमेत गरिरहेको छ। कांग्रेस, एमाले, जनमत र अन्य दलबीचको समीकरणले मधेशको आगामी सत्ता यात्रा निर्धारण गर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?