मधेश प्रदेशको ४१ अर्बभन्दा बढीको बजेट सर्वसम्मतिले पारित
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ३२ गते । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत आर्थिक विधेयक र विनियोजन विधेयक २०८३ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ। अर्थमन्त्री युवराज भट्टराईले पेश गरेको विनियोजन विधेयकलाई सभामुख रामअशिष यादवले निर्णयार्थ प्रस्तुत गर्दा उपस्थित सबै प्रदेशसभा सदस्यले समर्थन गरेपछि विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो।
बजेटमाथि दुई दिनसम्म भएको छलफलमा उठेका प्रश्नको मुख्यमन्त्री कृष्णप्रसाद यादव र अर्थमन्त्री भट्टराईले जवाफ दिएका थिए। प्रतिपक्षको विरोधपछि गठित सात सदस्यीय कार्यदलले दिएको १० बुँदे सुझावलाई सरकारले विनियोजन विधेयकको अङ्गका रूपमा स्वीकार गरेपछि सहमतिको वातावरण बनेको थियो। असार १ गते प्रस्तुत गरिएको ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट पारित भएसँगै प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments