आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ३१ गते । रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे भएको घटनामा घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेपछि उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सहनी केही दिनयता मानसिक तनाव तथा डिप्रेसनबाट पीडित थिए। आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गरुडा बजारमा सानो होटल सञ्चालन गर्दै आएका सहनीको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?