कर्णाली सरकारमा संकट, कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, असार ३१ गते । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष संयुक्त रूपमा राजीनामा बुझाएका हुन्।
चारै जना मन्त्री २०८१ साल साउनमा नियुक्त भएका थिए। मुख्यमन्त्री कँडेलले हालसम्म उनीहरूको राजीनामा स्वीकृत गरेका छैनन्। मन्त्रिपरिषद्को बैठकमा व्यस्त रहेकाले राजीनामाबारे औपचारिक निर्णय हुन बाँकी रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments