१२ वर्षपछि ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइनको अवरोध हट्यो

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार २५ गते ।  सरकारले १२ वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल विद्युत् प्राधिकरणले मकवानपुरको २.२ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका एक हजार २९२ वटा रुख हटाउन अनुमति पाएको हो। वन क्षेत्र प्रयोग, मार्गाधिकार (राइट अफ वे) र रुख कटानसम्बन्धी स्वीकृति नपाउँदा लामो समयदेखि रोकिएको आयोजना अब अघि बढ्ने भएको छ।

करिब ३०० किलोमिटर लामो ढल्केबर–हेटौँडा–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह सहज हुने, विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने, ट्रिपिङ तथा विद्युत् अवरोध घट्ने र अतिरिक्त विद्युत् भारत निर्यात गर्न सहज हुने अपेक्षा गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यसलाई ‘ऊर्जा राजमार्ग’को संज्ञा दिँदै प्रसारण प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि हाल करिब एक हजार मेगावाट रहेको विद्युत् निर्यात क्षमता बढेर दुई हजार ५०० देखि तीन हजार मेगावाटसम्म पुग्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?