जनकपुरधाममा दुर्गा प्रसाईंको आरोप : सरकारकै कारण सिंहदरबारको प्रणाली कमजोर
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार २३ गते । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सिंहदरबारको प्रणाली सरकारमै रहेका व्यक्तिहरूका कारण कमजोर बन्दै गएको आरोप लगाएका छन्। सोमबार पूर्वसांसद धवलशम्शेर राणासँग जनकपुरधाम पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै सिंहदरबारमा आगो लगाउनेहरू नै अहिले सत्तामा पुगेको दाबी गरे। उनले वर्तमान सरकारले १०० दिनको कार्यकाल पूरा गरेको उल्लेख गर्दै सरकारको कार्यसम्पादनबारे समीक्षा गर्ने तयारी भइरहेको र छिट्टै १०० दिने समीक्षा समेटिएको भिडियो सार्वजनिक गरिने बताए।
प्रसाईंले वर्तमान सरकारको नीतिका कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसमेत प्रभावित भइरहेको आरोप लगाए। विगतमा नेपालमा दलाई लामाको जन्मोत्सव नमनाइने गरेको उल्लेख गर्दै अहिले त्यसलाई मनाउन थालिएकाले नेपालले उक्त विषयलाई स्वीकार गरेको सन्देश गएको उनको भनाइ थियो। उनले विदेश नीति राष्ट्रिय हितलाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्ने धारणा पनि व्यक्त गरे। प्रसाईंको मंगलबार जनकपुरधाममा कार्यकर्तासँग भेटघाट, जानकी मन्दिरमा पूजाअर्चना, नगर परिक्रमा तथा साँझ जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments