बजेट संशोधनको माग गर्दै जसपाले मधेस प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १७ गते ।  मधेस प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १३औँ बैठक प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले अवरुद्ध गरेको छ। आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि बोलाइएको बैठक सुरु हुनासाथ जसपाका सांसदहरूले उभिएर विरोध जनाएका थिए। पार्टीका सांसद उपेन्द्र महतोले सरकारले ल्याएको बजेट संशोधन नगरेसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएका छन्।

जसपाको आरोप अनुसार सरकारले एक करोड रुपैयाँभन्दा कमका योजना समावेश नगर्ने नीति लिएको दाबी गरे पनि बजेटमा १० लाख, २० लाख र ३५ लाख रुपैयाँका योजनासमेत राखिएको छ। सांसद महतोले बजेट मन्त्रिमुखी, सत्तामुखी तथा सत्तापक्षीय सांसद केन्द्रित रहेको आरोप लगाउँदै जिल्लास्थित कार्यालयलाई जिम्मेवारी नदिई अधिकांश योजना मन्त्रालयमै केन्द्रित गरिएको बताए। उनले उक्त बजेट संघीयताको मर्मविपरीत रहेको दाबी गर्दै संशोधनसहित पुनः प्रस्तुत नभएसम्म संसद् अवरोध जारी रहने स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?