रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
8 घन्टा पहिले प्रकाशित
काठमाडौं, असार १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी सभापति रवि लामिछाने ले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
महाधिवेशनबाट स्वर्णिम वाग्ले र सोविता गौतम उपसभापतिमा, विपिन आचार्य महामन्त्रीमा तथा हरि ढकाल, असिम शाह र निशा डाँगी सहमहामन्त्रीमा निर्वाचित भएका थिए। सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमा शपथ लिइसकेका थिए। वरिष्ठ नेतामा निर्वाचित बालेन्द्र शाह शपथ समारोहमा सहभागी भएनन्। शपथग्रहणपछि बस्ने केन्द्रीय समिति बैठकले विधानअनुसार मनोनयन गरिने ५१ केन्द्रीय सदस्य तथा बाँकी पदाधिकारीबारे छलफल गर्ने तयारी गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments