रास्वपाको केन्द्रीय सदस्य पदको मतदान सम्पन्न, नतिजा दुई घण्टाभित्र आउने

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ११ गते ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि सुरु भएको मतदान दिउँसो १२ः३० बजे सकिएको हो। रास्वपा चितवनका सभापति मिनीमाधव खनालले महाधिवेशनमा सहभागी चार हजार १०० प्रतिनिधिमध्ये करिब तीन हजार ९५० जनाले मतदान गरेको अनुमान गरिएको जानकारी दिएका छन्।

विद्युतीय मतदान प्रणालीमार्फत मतदान भएकाले परिणाम दुई घण्टाभित्र सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ। महाधिवेशनको पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान सम्पन्न भइसकेको छ भने अब दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार निर्वाचित ९९ केन्द्रीय सदस्यहरूले दोस्रो चरणको निर्वाचनमार्फत पदाधिकारीहरू चयन गर्नेछन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनको भरतपुरमा जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?