श्रीमतीको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ११ गते । आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वा टोल निवासी ४२ वर्षीय महन्थ राय यादवले आफ्नी ३२ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार (बञ्चरो) प्रयोग गरी हत्या गरेका थिए।

प्रहरीका अनुसार घटना गत फागुन ३ गते आफ्नै घरको सुत्ने कोठामा भएको थियो। घटनापछि फरार रहेका यादवलाई निरन्तर खोजतलास तथा प्राविधिक विश्लेषणका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त टोलीले फतुवा विजयपुर नगरपालिका–८ विजयपुर क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?