कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका सार्वजनिक गर्‍यो

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार १० गते । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाले जारी गरेको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता सम्बन्धी विभिन्न काम आगामी असार २० गतेभित्र सम्पन्न गरिनेछ।

कार्यतालिकाअनुसार जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। साथै नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनका क्रममा स्थगित भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि सोही अवधिभित्र सम्पन्न गरिने कांग्रेसले जनाएको छ। त्यस्तै नेपाली जनसम्पर्क समितिका सदस्यताको अद्यावधिक, नयाँ सदस्यता वितरण तथा कांग्रेसमा समाहित भएका वा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत असार २० गतेभित्र टुंग्याइनेछ। अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने कार्य भने असार महिनाभर सञ्चालन हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?