वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकबाट १ लाख २० हजारभन्दा बढी ट्रामाडोल बरामद
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ९ गते । पर्साको वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले राजस्व छलीको आशङ्कामा बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको ट्रकलाई असार ८ गते साँझ नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रकलाई थप जाँचका लागि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको थियो। जाँचका क्रममा ट्रकबाट १ लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments