गौशाला नगरपालिकाद्वारा एक अर्बभन्दा बढीको बजेट सार्वजनिक

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ८ गते  ।  गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल एक अर्ब पाँच लाख एक हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न १६ औँ नगर सभामा नगरप्रमुख डा. दीपेन्द्र महतोले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सामाजिक विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

नगरपालिकाले सङ्घीय सरकारबाट विभिन्न शीर्षकमा ५० करोड ५२ लाख रुपैयाँ, प्रदेश सरकारबाट दुई करोड २१ लाख १२ हजार रुपैयाँ, तीनै तहको राजस्व बाँडफाँटबाट २० करोड ४७ लाख १२ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट २६ करोड ८४ लाख ७७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गर्दै कुल एक अर्ब पाँच लाख एक हजार रुपैयाँको आय–व्यय प्रक्षेपण गरेको जनाएको छ। नगरप्रमुख डा. महतोका अनुसार बजेटले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ भने शिक्षा क्षेत्रमा गुणस्तर सुधार, शैक्षिक पहुँच विस्तार र पूर्वाधार विकासमा जोड दिइएको छ। साथै स्वास्थ्य संस्थाको सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूलाई समेत बजेटमा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?