जनकपुरधाममा निजी विद्यालयमाथि कडा अनुगमन, दर्जनौं अनियमितता सार्वजनिक
8 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ४ गते । जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूको मनपरी सञ्चालन, अनुमति विपरीत कक्षा सञ्चालन तथा मापदण्ड उल्लङ्घनविरुद्ध कडा अनुगमन थालेको छ। शिक्षा समितिले पछिल्ला महिनाहरूमा २० भन्दा बढी विद्यालयमा गरेको स्थलगत निरीक्षणका क्रममा अनुमति विपरीत सञ्चालन, फरक नाममा विद्यालय चलाउने, कोचिङ सेन्टरलाई विद्यालयका रूपमा प्रयोग गर्ने तथा न्यून विद्यार्थी संख्यामा कक्षा सञ्चालन गर्ने जस्ता गम्भीर अनियमितता फेला परेका छन्।
अनुगमनका क्रममा केही विद्यालयलाई जरिवाना तथा कक्षा खारेजीको निर्देशन दिइएको छ भने केहीलाई पूर्ण रूपमा बन्द गर्न समेत आदेश दिइएको छ। अनुमति प्राप्त कक्षाभन्दा माथिल्लो तह सञ्चालन गर्ने, फरक नामबाट संस्था चलाउने र मापदण्ड पूरा नगर्ने विद्यालयहरूलाई कानुनी दायरामा ल्याइने उपमहानगरपालिकाले जनाएको छ। शिक्षा समितिका अनुसार अनुगमन अझै जारी छ र सुधार नगर्ने विद्यालयमाथि अनुमति खारेजीदेखि विद्यालय बन्दसम्मको कडा कारबाही गरिने चेतावनी दिइएको छ।
अगामी दिनमा पनि यस प्रकारका अवैधानिक संस्था माथि कार्यवाही जारी रहने शिक्षा समितिका सदस्य दिपक ठाकुरले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
view comments