‘छ माया छपक्कै २’ छायांकन अन्तिम चरणमा, दसैंमा रिलिज हुने तयारी

4 दिन पहिले प्रकाशित

काठमाडौं, असार १ गते ।  दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरिरहेको फिल्म ‘छ माया छपक्कै २’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्माण स्रोतका अनुसार ५० दिनको सेड्युलमा सुरु गरिएको छायांकनमध्ये हालसम्म करिब ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको यस फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन्।

निर्माण पक्षले हालसम्म दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई मात्र औपचारिक रूपमा कलाकारका रूपमा सार्वजनिक गरेको छ। तर, स्रोतका अनुसार फिल्ममा कार्म, रिहान गिरी र रविन्द्र झासहित अन्य चर्चित कलाकारहरूको पनि अभिनय रहेको छ। यद्यपि निर्माण पक्षले उनीहरूको सहभागिताबारे आधिकारिक घोषणा गरेको छैन। अघिल्लो भागका प्रमुख कलाकार केदार घिमिरे र जितु नेपाल भने यस सिक्वेलमा देखिने छैनन्। सामाजिक–राजनीतिक कथावस्तुमा आधारित यो फिल्म आगामी दसैंको फूलपातीको अवसरमा प्रदर्शन हुने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?