साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार १ गते । रौतहट प्रहरीले करिब ५ किलो ५५ ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष टोलीले गौर नगरपालिका–४ गढवा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा गरिएको जाँचका क्रममा गौर नगरपालिका–४ का २६ वर्षीय राकेश कुमार कुशवाहा र २४ वर्षीय सुनिल कुमार बैठालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरू सवार बीआर ०५ एस ६६०९ नम्बरको भारतीय सुपर स्प्लेन्डर मोटरसाइकल रोकेर जाँच गर्दा ५ किलो ५५ ग्राम गाँजा बरामद भएको थियो। साथै, उनीहरूको साथबाट एक थान मोबाइल फोन र प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments