मधेश प्रदेशको बजेट आज सार्वजनिक हुँदै, सबै घरधुरीमा विद्युत् पहुँच पुगेको दाबी

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १ गते ।  मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट प्रस्तुत गर्ने भएको छ। मधेश प्रदेशसभाको कार्यसूचीअनुसार अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको अनुमानसहित आगामी आवको बजेट सार्वजनिक गर्नुहुनेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो। आगामी बजेटमा विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

यसैबीच, मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुगेको उल्लेख गरिएको छ। सर्वेक्षणमा राष्ट्रिय प्रसारण लाइनमार्फत प्रदेशका १३६ स्थानीय तहअन्तर्गत रहेका एक हजार २७१ वडाका सबै घरधुरीमा विद्युत् पहुँच विस्तार भएको जनाइएको छ। साथै, प्रदेशका सबै स्थानीय तहमा बैंक तथा वित्तीय सेवाको पहुँच पुगेको उल्लेख गर्दै प्रदेशभर रहेका एक हजार ७५४ बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा प्रवाह भइरहेको जानकारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?