कांग्रेसमा निरंकुशताको सुरुवात भएको शेखर कोइरालाको आरोप
7 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ३१ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रको स्थापनाका लागि जन्मिएको कांग्रेस पार्टीभित्र नै निरंकुश प्रवृत्ति देखिन थालेको आरोप लगाएका छन्। विराटनगरमा संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उनले देशभरका वडाध्यक्ष तथा सभापतिहरूलाई अद्यावधिक प्रक्रियामा असहमति जनाएको आधारमा मौखिक रूपमा हटाउने काम भइरहेको दाबी गरे। “कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो, तर अहिले पार्टीभित्र देखिएको व्यवहार निरंकुशताको सुरुवात हो,” उनले बताए।
कोइरालाले कांग्रेसभित्र सहमति, सहकार्य र एकताको वातावरण निर्माण नगरे पार्टी कमजोर हुने चेतावनी दिए। उनका अनुसार कांग्रेस कमजोर हुँदा लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि समेत असर पर्न सक्छ। उनले सामाजिक सञ्जालका प्रतिक्रियाको पछि नलाग्न आग्रह गर्दै पार्टीभित्र देखिएका समस्याको समाधानका लागि आफूले सभापति गगन थापासँग छलफलपछि पाँचबुँदे प्रस्ताव अघि सारेको बताए। तर, उक्त प्रस्ताव पेश गरेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कुनै ठोस समाधान ननिस्किएको भन्दै उनले वर्तमान अवस्थामै कांग्रेस अघि बढ्न नसक्ने धारणा व्यक्त गरे।
कमेन्ट गर्नुहोस्
view comments