राजनीतिलाई सेवाको प्रतीक बनाउनुपर्नेमा गगन थापाको जोड
7 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ ३१ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई वास्तविक अर्थमा सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ। काठमाडौं महानगरपालिका वडा नं. ८ ले सामाजिक सेवामा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उहाँले विभिन्न क्षेत्रका व्यक्तिहरूको योगदानले लोकतन्त्रको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। “राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो, हामी सबै मिलेर यो बाटो बनाउन योगदान गरौँ,” थापाले भन्नुभयो।
कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले वडा कार्यालय नागरिकको सुख–दुःखको साथी बन्नुपर्ने धारणा राख्नुभयो। वडाध्यक्ष तथा महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले समाज निर्माणमा स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै विभिन्न क्षेत्रमा योगदान पुर्याएका ७० जना व्यक्तित्वलाई सम्मान गरिएको जानकारी दिनुभयो। कार्यक्रममा ज्येष्ठ नागरिक, राष्ट्रसेवक कर्मचारी, खेलाडी, संस्कृतिकर्मी, समाजसेवी तथा कला–साहित्य क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो।
कमेन्ट गर्नुहोस्
view comments