एमाले त्याग्ने ८ वडाध्यक्ष पदमुक्त
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ २७ गते । नेकपा एमालेबाट निर्वाचित भई पछि अन्य राजनीतिक दलमा आबद्ध भएका ८ जना वडाध्यक्ष पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सूचना जारी गर्दै राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल त्याग गरेका जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था बमोजिम उनीहरूलाई पदमुक्त गरिएको जनाएको छ।
पदमुक्त हुनेमा ओखलढुंगाका तीन, पाल्पाका एक, ललितपुरका एक, मोरङका दुई तथा दाङका एक वडाध्यक्ष रहेका छन्। एमाले केन्द्रीय सचिवालयको निर्णय र सिफारिसका आधारमा आयोगले मंगलबार नै उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments