छानबिन समितिबाट सफाइ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ २६ गते । पूर्व गृहमन्त्री सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको छ। व्यापारी दीपक भट्टसँगको व्यापारिक साझेदारी र बीमा कम्पनीहरूको सेयर खरिद सम्बन्धी विषय सार्वजनिक भएपछि विवादमा तानिएका गुरुङले चौतर्फी दबाबका बीच वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी पहिलो कार्यकालमा २६ दिनमात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
गुरुङमाथि लागेको आरोपको सत्यतथ्य छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले गुरुङका चल–अचल सम्पत्ति, सेयर लगानी तथा आर्थिक स्रोतको अध्ययनपछि उनीमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको थियो। ४५ पृष्ठ लामो प्रतिवेदनमार्फत समितिले गुरुङको सम्पत्ति वैध रहेको ठहर गर्दै विवरणमा देखिएका त्रुटिलाई व्यक्तिगत कमजोरीभन्दा पनि राज्यको अभिलेख तथा प्रणालीगत समस्याको परिणामका रूपमा व्याख्या गरेको छ। सोही प्रतिवेदनका आधारमा सरकारद्वारा गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।
कमेन्ट गर्नुहोस्
view comments