प्रधानमन्त्रीको सामाजिक सञ्जाल पोस्टमाथि सुदन किरातीको टिप्पणी: ‘नेतृत्वमा परिपक्वता आवश्यक’

10 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २४ गते ।  श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराती ले प्रधानमन्त्री बालेन्द्र शाह को पछिल्लो सामाजिक सञ्जाल गतिविधिमाथि टिप्पणी गर्दै त्यसलाई नेतृत्वको ‘बालापन’सँग तुलना गरेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्रीलाई व्यक्तिगत सन्देश पठाएको विषयमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत राजदूत नियुक्तिसम्बन्धी विषय संकेत गर्दै गरेको पोस्टलाई लिएर किरातीले प्रतिक्रिया दिएका हुन्।

किरातीले सामाजिक सञ्जालमार्फत असल नेतृत्वको विशेषता संयमित, निष्पक्ष र जिम्मेवार हुनु रहेको उल्लेख गर्दै सार्वजनिक आलोचनाभन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन र आवश्यक कारबाहीमार्फत सन्देश दिनु परिपक्व नेतृत्वको शैली हुने बताएका छन्। उनले आफूले व्यक्त गरेको धारणा सम्बन्धमा कारबाहीका लागि प्रहरीले बोलाए पनि उपस्थित हुन तयार रहेको समेत बताएका छन्। प्रधानमन्त्रीको उक्त पोस्टमा उनका निकट सहयोगी र केही सांसदहरूले टिप्पणी गर्दै प्रतिक्रिया जनाएपछि विषयले थप चर्चा पाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?