जातीय भेदभाव अन्त्य गर्न संघीय संसद् प्रतिबद्ध : सभामुख अर्याल
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ २१ गते । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल ले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि संघीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय दलित आयोगद्वारा ललितपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नगरेसम्म नेपाली समाज वास्तविक अर्थमा न्यायपूर्ण र समतामूलक बन्न नसक्ने बताएका हुन्।
सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या, पीडा र चुनौतीप्रति संसद् गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि आवश्यक पहल गर्न प्रतिबद्ध रहेको बताए। उनले जातीय विभेद र छुवाछुतको अन्त्य केवल सरकार वा कुनै एक निकायको जिम्मेवारी नभई सम्पूर्ण नेपाली समाजको साझा दायित्व भएको उल्लेख गर्दै समानता, सामाजिक न्याय र मानव मर्यादाको पक्षमा सबै एकजुट हुनुपर्नेमा जोड दिए।
कमेन्ट गर्नुहोस्
view comments