निर्वाचनपछिको पहिलो सार्वजनिक कार्यक्रममा ओली, एमालेको राष्ट्रिय कार्यशालाको उद्घाटन
11 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ २० गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएयता पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। पार्टीको सदस्यता नवीकरण, विस्तार तथा संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर आयोजित दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै ओली पुनः पार्टी गतिविधिमा सक्रिय रूपमा देखिएका हुन्। काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा मंगलबार सुरु भएको कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला तहका प्रमुख नेताहरूको सहभागिता रहेको छ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि ओली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। बालेन शाह नेतृत्वको सरकार गठन भएको भोलिपल्टै पक्राउ परेका ओली रिहापछि स्वास्थ्य समस्याका कारण पत्थरीको शल्यक्रिया गराई निवासमै आराम गरिरहेका थिए। यद्यपि, सो अवधिमा उनले पार्टीका सचिवालय बैठक तथा नेताहरूसँग निवासमै नियमित छलफल जारी राखेका थिए। एमालेले आयोजना गरेको यो कार्यशालालाई संगठन पुनर्गठन र आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments